काठमाडौं । विश्वभर कोरोनाको संक्रमण दर बढ्न थालेको भन्दै सरकारले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै सभा, जुलस, भेला, र्याली, बैठक, सेमिनार तथा जमघटमा रोक लगाएको छ।
पछिल्लो सयम भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै उक्त निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।