जो अवकाशपछि मौरी व्यवसाय गरेरै ५ लाख बढी कमाउँछन्

<p>धादिङ । सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् । सेवा निवृत्त भए पनि समयको [&hellip;]</p>

फाइल फाेटाे

धादिङ । सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् ।

सेवा निवृत्त भए पनि समयको सदुपयोग गर्दै धादिङबेसीको व्यस्त बजारमा मौरीपालन गरेर आफू सक्रिय भएको उहाँ बताउनुहुन्छ । एक सय ५० घार मौरीपालन गर्दै आएका घिमिरे श्रीमती र कान्छा छोरा, बुहारीसँगै बस्दै आएका छन् । शहरी जनजीवन रहेको व्यस्त बजारमा मौरीपालन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण घिमिरेले दिएका छन् ।

घिमिरेको मौरी साथि जस्तै लुटुपुटु हुने गर्नाले बिहान उठ्ने र घार हेर्ने गर्नु नियमित दिनचर्या बनेको छ । घारमा भएका मौरीको कुनै समस्या छ वा मौरीलाई अन्य रोगले आक्रमण ग¥र्याे कि भन्ने चिन्ता जहिले पनि हुने गरेको उनी बताउँछन् ।

धुवाँकोट, पुच्छारबजार र शान्तबजारमा मौरीपालन गर्दै आएका घिमिरे १८ वर्षदेखि मौरीसँग साइनो गाँसी रहेका छन् । घिमिरेले एक किलोग्राम महको एक हजार र मौरीसहितको घारको  चार हजार ५ सय रूपैयाँमा बिक्री गर्ने गरेको बताए ।

वर्षभरमा खर्च कटाएर डेढ लाखदेखि  पाँच लाखसम्म रूपैयाँ आम्दानी हुने गरेको घिमिरे बताउँछन् । अरु व्यवसायीलाई बन्दाबन्दीले असर पारे पनि घिमिरेको मौरीपालनबाट लिने आम्दानीमा भने कुनै असर गरेन ।

सेवाबाट अवकाश लिइसकेका घिमिरेले विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्ने चाहना भएकाले र मौरीपालनसम्बन्धी चासो लागेको भएर मौरीपालन पेशा अंगालेको उनी बताउँछन्।

मौरीपालनको व्यावहारिक ज्ञान भएका घिमिरे अरुलाई समेत तालीम दिने गर्दै आएका छन् । मौरी व्यवसायमा संलग्न भए पनि खेतीपाती गर्न आनन्दले पुग्ने उनी बताउँछन् । वर्षभरि मौरी पाल्ने र जेठ, कात्तिक र चैतमा मौरीबाट मह निकाल्ने गर्दै आएकाले यस समय मौरीलाई बढी नै स्याहार गर्नुपर्ने उनको भनाइ छ ।

सेना दिवसका अवसरमा घिमिरेलाई नेपालको उत्कृष्ट कृषकका रुपमा छनोट गरिएको थियो । रासस

Share News