नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता

<p>काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता भएकाे हाे । उक्त सम्झौतापत्रमा नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ल र [&hellip;]</p>

काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता भएकाे हाे ।

उक्त सम्झौतापत्रमा नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ल र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद क्षेष्ठले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता काठमाडाैंकाे नेपाल औषधि व्यवसायी संघको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो ।

साझेदारीको बारेमा बोल्दै नबिल बैंक एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामीे औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउनेछ । साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुस“ग आबद्घ हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।”

Share News