सामाजिक सञ्जालको दुरूपयोग गरेर साईबर अपराधका घटनाहरू बढ्दै

<p>काठमाडौं । ३६ वर्षीय रमेश शाही ‘रवि’ ले परिचित महिला सल्यानीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य गरे । सल्यान कुमख ४ सेराडाँडाशाहीले निरन्तर हैरानी दिन थालेपछि सल्यानीले प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दिईन् । विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर [&hellip;]</p>

काठमाडौं । ३६ वर्षीय रमेश शाही ‘रवि’ ले परिचित महिला सल्यानीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य गरे । सल्यान कुमख ४ सेराडाँडाशाहीले निरन्तर हैरानी दिन थालेपछि सल्यानीले प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दिईन् ।

विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएकोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिएर शाहीलाई माघ ५ गते पक्राउ गरेर अनुसन्धान कार्य भईरहेको छ ।

रुपन्देही सैनामैना ६ का प्रज्वल पोखरेलले प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको आधिकारीक लोगो राखेरनक्कली फेसबुक पेज खोले । उक्त पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग आपराधिक लाभ लिने, पैसा असुल गर्ने नियत कार्य गरेकोले उनलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले फागुन १३ गते पक्राउ गरियो ।

मकवानपुरको हेटौंडा ४ बस्ने अस्लम अन्सारीले मकवानपुर घर भई थाईल्याण्डको बैंकक बस्ने महिला पारिजातको अर्ध नग्न तस्विर, भिडिओ, पोर्न साइटमा समेत अपलोड गरे । बिभिन्न फेक आइडी, इमेल बनाएर अन्सारीले ईन्टरनेटको दुरुपयोग गरे । अन्सारीले पोर्नसाईटबाट हटाउन पारिजातसँग १ हजार ९८ डलर माग गरे । नमानेपछि यौन उत्पिडन दिने, दु:ख दिने, हैरानी दिन थाले । सर्वाेच्च अदालतको अनुमति लिएर माघ ९ गते उनलाई पक्राउ गरियो ।

ललितपुरको गोदावरी ११ चापागाउ बस्ने रोलक बहादुर थापाले सामाजिक सञ्जाल फेसबुकमा ईन्द्रायणी (नाम फेरिएको) को नक्कली फेसबुक आइडी बनाए । ईन्द्रायणीकै उक्त नक्कली आईडबाट आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्विर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोक्ष्ट गरी अपमान गर्ने, हैरानि दिने काम गरे । थापालाई विद्युतीउ कारोबार एने, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएकोले उनलाई माघ ७ गते पक्राउ गरियो ।

माथागढी १ पाल्पाका अभिषेक नेपालले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाई महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाब विरुद्धको सामग्री पोष्ट गर्ने काम गरे । नेपाललाई उनकै घर ठेगानाबाट पक्राउ गरियो ।

माथि उल्लेख गरिएका केही प्रतिनिधी घटनाहरु मात्र हुन् । पछिल्लो समय इन्टरनेटको प्रयोगबाट साइबर अपराधका घटनाहरू बढिरहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर महिलाहरुको चरित्र हत्या गर्ने, धम्क्याउने, तर्साउने, आर्थिक प्रलोभनमा पारेर यौनजन्य स्वार्थ लुट्ने घटनाहरु बढिरहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार हाल सम्म यस्ता ८९ वटा मुद्धा दर्ता भइसकेका छन् ।

प्रहरी बरिष्ठ उपरीक्षकको जिम्मेवारी सम्हालेका अर्यालका अनुसार सामाजिक सञ्जालको दुरुपयोग केसहरु बढी आउँछन् । त्यसमा पनि बढीजसो युवायुवतीहरुले उजुरी गरिरहेका छन् । १८ देखि ३० वर्ष उमेर समुहका युवायुवतीहरुमा यो खालको समस्या बढी देखिएको छ । ‘सुरुमा मन मिल्दा विवाद नआउने तर स्वार्थ नमिल्ने बित्तिकै यस्तो रिपोर्ट आउँछ ।’ अर्याल भन्छन्‘कहिलेकाहीं यस्तो समस्या अधबैंसेहरुमा पनि आउँछ ।’

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी परेका प्रकृति यस्ता छन्:

– फोटो मल्टिनेशन: (बिभिन्न किसिमका नग्न तस्विरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने)

– रिभेन्ज पोर्न: (अश्लिल फोटो तथा भिडिओहरु अनलाइनमा प्रकाशित गर्ने)

– र्‍यान्सम वेयर एट्याक: (सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने)

– डिफमेसन इम्पोस्टर: (सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख दिने)

– ह्याकिङ, अनअथराइज्ड एक्सेस, वेवसाइट डिफेसेस: (सरकारी तथा अन्य संघ संस्थाहरुको वेवसाइट ह्याकिङ गर्ने)

– ब्रुट फोर्स एट्याक: (ह्याकिङका लागि बिभिन्न तरिकाले आक्रमण गर्ने)

– मोबाईलमार्फत धम्कीपूर्ण एसएमएस पठाउने

साईबर क्राइम गर्नेलाई यस्तो छ सजाय

अपराधको प्रकृति हेरेर ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि ५ वर्ष सम्म कैद वा प्रचलित कानून बमोजिम सजाय तोकिएको छ ।

साईबर क्राइम सम्बन्धी उजुरी कहाँ कसरी गर्ने ?

आफूलाई अन्याय भएको थाहा पाउनासाथ नजिकको प्रहरी कार्यालय वा राजधानी नजिकै हुनेहरु प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटीमा उजुरी गर्न सकिन्छ । उजुर गर्दा निवेदनको साथमा नाम, ठेगाना, सामाजिक सञ्जालको युआरएल, नागरिकताको स्क्यान कपी, म्यासेजको स्क्रीन सट् समाबेश गरेर पठाउन सकिन्छ ।

Share News