सरकारद्वारा दाेस्राे चरणकाे खाेप अभियान स्थगित

<p>काठमाडाैं । सरकारले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा जागेश्वर गाैतमले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरिएकाे जानकारी दिए । मन्त्रालयका प्रवक्त गाैतमले खाेप आएपछि मात्र पुन: खाेप अभियान सुरु गरिने बताए । सरकारले गएकाे फागुन २३ गतेदेखि दाेस्राे चरणकाे खाेप अभियान सुरु गरेकाे थियाे । दोस्रो चरणको अभियानअन्तर्गत देशभर [&hellip;]</p>

काठमाडाैं । सरकारले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा जागेश्वर गाैतमले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरिएकाे जानकारी दिए ।

मन्त्रालयका प्रवक्त गाैतमले खाेप आएपछि मात्र पुन: खाेप अभियान सुरु गरिने बताए ।

सरकारले गएकाे फागुन २३ गतेदेखि दाेस्राे चरणकाे खाेप अभियान सुरु गरेकाे थियाे । दोस्रो चरणको अभियानअन्तर्गत देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने सरकारकाे याेजना रहेकाे थियाे ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

 

Share News