काठमाडौं । नेको इन्सुरेन्सको सञ्चालकमा विनयरमण पौडेल नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक पौडेलले कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट पदबहाली गरेका हुन् ।
पौडेललाई राष्ट्रिय वाणिज्य बैंकले प्रतिनिधि मनोनित गरि नेको इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक पौडेलले कम्पनीका संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।