सिन्धु विकास बैंकको डीसीईओमा रामकुमार गिरी नियुक्त, बैंकिङ्ग क्षेत्रमा दुई दशकबढीकाे अनुभव

<p>काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक संचालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो । नवनियुक्त डीसीईओ गिरीसँग बैंकिङ्ग क्षेत्रमा २१ वर्षभन्दा बढी कार्य गरेको अनुभव छ । उनले नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक संचालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो ।

नवनियुक्त डीसीईओ गिरीसँग बैंकिङ्ग क्षेत्रमा २१ वर्षभन्दा बढी कार्य गरेको अनुभव छ । उनले नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरिसकेका छन् ।

आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले यस बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा लिएको छ ।

बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यावसायिक व्यक्तित्वको संचालक समिति रहेको छ ।

Share News