निजी क्षेत्रले खाेप भित्राउन पायाे अनुमति, ७ दिनभित्र आवेदन दिनुपर्ने

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रलाई खोप भित्राउने अनुमति दिएको छ । सरकारले २० प्रतिशत नागरिकलाई निशुल्क खोप प्रदान गरेपछि मात्र निजीलाई खोप भित्राउने अनुमति दिने बताउँदै आएको थियो । तर सिरिम इन्स्टिच्युट अफ इन्डियासँग अग्रिम भुक्तानी भएकाे १० लाख डोज खाेप समेत समयमा नआउने भएपछि सरकारले निजि क्षेत्रलाई खोप भित्राउने अनुमति दिएको हो [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रलाई खोप भित्राउने अनुमति दिएको छ । सरकारले २० प्रतिशत नागरिकलाई निशुल्क खोप प्रदान गरेपछि मात्र निजीलाई खोप भित्राउने अनुमति दिने बताउँदै आएको थियो ।

तर सिरिम इन्स्टिच्युट अफ इन्डियासँग अग्रिम भुक्तानी भएकाे १० लाख डोज खाेप समेत समयमा नआउने भएपछि सरकारले निजि क्षेत्रलाई खोप भित्राउने अनुमति दिएको हो ।

सरकारले गत फागुन ५ गते प्रति डोज ४ डलरका दरले सिरिम इन्स्टिच्युट अफ इन्डियासँग सम्झाैता गरेकाे थियाे ।

औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजीहरुको खाेप भित्राउन अनुमतिका लागि इच्छुकलाई ७ दिनभित्र अनुमति दिन भनेकाे छ । विज्ञप्तीमा मुनाफा कम्तीमा १० प्रतिशत कायम हुनेगरी लागत विवरण उल्लेख गर्नुपर्ने भनिएकाे छ ।

 

Share News