काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपाली ई–कमर्स ग्यापु मार्केट प्लेसले छुट तथा सामाजिक संजालमार्फत उपहार दिने कार्यक्रम घोषणा गरेको छ ।
BHOLEBABA कोड प्रयोग गरेर ग्यापुको एन्ड्रोइड र आइओएस एपमार्फत जुनसुकै सामान सपिङ्ग गर्दा तत्काल २ सय रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले बताए । यस्तै महाशिवरात्रीकै अवसरमा ग्यापुको जी बारमा उपलब्ध सामान खरिदमा विशेष छुट राखिएको छ ।
ग्यापुको सामाजिक संजालमा प्रकाशित वाल्यकालको याद दिलाउने बाटो छेकेको फोटोमा आफ्ना साथीहरुलाई नाम मेन्सन गर्दा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने खड्काले बताए । सन् २०२१ भित्र ग्यापुको एप डाउनलोड गर्ने मध्ये एक जनाले कार जित्ने अफर यस अगाडी ग्यापुले सार्वजनिक गरिसकेको छ । साथै ग्यापुले छिट्टै ‘रेफर एण्ड अर्न’ कार्यक्रम पनि सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (Gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ–सेवा मार्फत भुक्तानी गर्न सक्छन् ।
डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन् ।