झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएन्डसी अस्पताललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका छन् ।
उनले आज बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बिएण्डसी अस्पतालको मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताउँदै बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका हुन् ।
‘बिएन्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ, अब यो शिक्षण अस्पतालको रुपमा परिचित हुनेछ, यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदैछ,’ उनले भने ।