
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । उनले मंगलबार बिर्तामोड झापामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन् ।
बीएण्डसी अस्पताल परिसरमा ६०० करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो । निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ ।
‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभ रुपमा उपलब्ध गराइरहेका छौं’, अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने ।