पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

<p>काठमाडाैं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) कलेजकाे तेश्रो दिक्षान्त समारोह साेमबार सम्पन्न भएकाे छ । बेलायतस्थित प्रसिद्ध बेडफर्डशाईर विश्वविद्यालयसँग आवद्ध यस कलेजकाे तेस्राे दिक्षान्त समारोह साेमबार राजधानीस्थित म्यरिअट हाेटलमा सम्पन्न भएकाे हाे  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ्ग बिबिए विषयसँग सम्बन्धित कूल ६४ [&hellip;]</p>

काठमाडाैं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) कलेजकाे तेश्रो दिक्षान्त समारोह साेमबार सम्पन्न भएकाे छ । बेलायतस्थित प्रसिद्ध बेडफर्डशाईर विश्वविद्यालयसँग आवद्ध यस कलेजकाे तेस्राे दिक्षान्त समारोह साेमबार राजधानीस्थित म्यरिअट हाेटलमा सम्पन्न भएकाे हाे  ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ्ग बिबिए विषयसँग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए । साथै उनले शिक्षा ऐनको संसोधन गरी आधुनिक शिक्षा प्रणालीको विकास गर्नका लागि एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने पनि जानकारी दिए ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ्ग र बिजनेस एडमिनिस्ट्रेसन् विषयहरुमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनिसँग साझेदारी गरी आर्टिफिसिएल इन्टेलिजेन्स विषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।

Share News