स्मार्टडोको बन्यो नेपालकै उच्च रेटिङ ई–कमर्स एप

<p>काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको छ । आईएमएस ग्रुपको लगानीपछि ४।५ अंक सहित स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको हो । स्मार्टडोको एक अनलाइन सपिङ्ग वेबसाइट हो जसमा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै पाउँछन् । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः [&hellip;]</p>

काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको छ । आईएमएस ग्रुपको लगानीपछि ४।५ अंक सहित स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको हो ।

स्मार्टडोको एक अनलाइन सपिङ्ग वेबसाइट हो जसमा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै पाउँछन् । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । सोसँग अहिले १० हजारभन्दा बढि सामानहरू रहेको छ जुन हरेक दिन आकर्षक छुटसहित बिक्री हुने गर्दछ ।

ग्राहकहरुले स्मार्टडोकोमा सामानहरु खरिद गर्दा रिङ्गरोड भित्र निः शुल्क डेलिभरी, हरेक खरीदमा रिवार्ड पोइन्ट, सजिलै सामान फिर्ता गर्न सक्नुको साथै भुक्तानी गर्दा नगद, कार्ड वा सेलपे मध्ये कुनै पनि तरिकाबाट गर्न सक्नेछन् ।

Share News