पूर्व उद्योगमन्त्री जोशी अस्पताल भर्ना

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी अस्पताल भर्ना भएका छन् । शरीरको देब्रेपट्टी समया देखिएपछि उनी हिजो राति नै अस्पताल भर्ना भएका हुन् । जोशीलाई महाबौद्ध स्थित वीर अस्पतालबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियाे । उनको अहिले नर्भिकको आइसियूमा उपचार भइरहेको छ । चिकित्सकले मस्तिष्कमा रगत [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी अस्पताल भर्ना भएका छन् । शरीरको देब्रेपट्टी समया देखिएपछि उनी हिजो राति नै अस्पताल भर्ना भएका हुन् ।

जोशीलाई महाबौद्ध स्थित वीर अस्पतालबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियाे । उनको अहिले नर्भिकको आइसियूमा उपचार भइरहेको छ ।

चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएकाे र अप्रेसनको तयारी भइरहेको बताइएको छ ।

Share News