काठमाडौं । नेपाल राष्ट्र बैंकले विशिष्ट श्रेणीका कर्मचारी (कार्यकारी निर्देशक) हरुलाई पनि सुचना प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सुचना तथा जानकारीहरुमा एकरुपता कायम गरी व्यवस्थित गर्न भन्दै कडाई गरिएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सुचना तथा संचार नीतिले सुचना तथा जानकारी प्रवाह गर्नको लागि गभर्नर, डेपुटी गभर्नरहरु, प्रवक्ता, सुचना अधिकारी तथा सहप्रवक्तालाई मात्रै सुचना तथा जानकारी प्रवाह गर्ने अधिकार प्रदान गरिएको छ ।
‘बैंकले प्रवक्ता, सूचना अधिकारी तथा सह–प्रवक्तामार्फत सरोकारवालालाई बैंकको तर्फबाट आधिकारिक धारणा तथा सूचना सम्प्रेषण गर्नेछ,’ नीतिमा उल्लेख गरिएको छ ।
नयाँ नीति अनुसार राष्ट्र बैंकसंँग सम्बन्धित कुनै पनि काम कारवाही तथा मुलुकको आर्थिक एवम् वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, बैंकसँग सम्बन्धित आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुनै पनि काम कारवाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा कुनै पनि समयमा सम्बन्धित डेपुटी गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने भनिएको छ ।
बैंकको निर्णय तथा गतिविधिबारे बैंकको प्रवक्ता वा सहप्रवक्ता सञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने भनिएको छ । गभर्नरको स्वीकृति बमोजिम आफ्नो विभागसँग सम्बन्धित कामकारवाहीको वारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
प्रदेशस्थित कार्यालय प्रमुखले प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा आपूm कार्यरत प्रदेशसँग सम्बन्धित कुनै पनि काम कारवाही तथा आर्थिक अवस्थाको बारेमा सूचना सम्प्रेषण गर्नुपर्ने व्यवस्था मिलाइएको छ । प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारील कुनै सूचना तथा जानकारी सम्प्रेषण गर्ने क्रममा आवश्यक देखेमा सम्बन्धित विषयवस्तुको ज्ञान भएको कर्मचारीमार्पmत विशेषज्ञको रूपमा सो विषयबारेको सूचना तथा जानकारी सम्प्रेषण गर्न गराउन सक्ने बाटो नीतिले खोलेको छ ।
बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्ने व्यवस्था नीतिमा छ । सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्ने भनिएको छ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्न सक्ने भनिएको छ ।
[pdf id=261340]