काठमाडाैं । नर्भिक अस्पतालले आफ्नाे ओपिडी भवनलाई स्ताेरन्नती गरेसँगैं अब बिरामीले अस्पतालमा लाइन बस्नुनपर्ने भएकाे छ । अस्पतालका अपरेसन हेड कपिल गाैतमले अबदेखि बिरामीले अस्पतालमा लाइन बस्नु नपर्ने बताए ।
निरन्तर रुपमा अस्पतालहरुमा लामाे लामाे लाइन लाग्नुपर्ने र डाक्टरलाई धेरै समय कुर्नु नपर्ने अवस्था रहि आएकाे देखेर हामीले क्यु म्यानेजमेन्ट सिस्टमकाे सुरु गरेका छाैं । यसकाे मार्फत डाक्टरकाेमा लाइन नलागी सिधै भेट्न पाउने व्यवस्था रहेकाे छ, गाैतमले भने ।

नयाँ ओपिडीमा बिरामीले लिएकाे टाेकनसँग सम्बन्धित सुचना डिजिटल डिस्पलेमा देखिएपछि मात्र पैसा तिर्नकाे लागि जानुपर्ने सुविधा रहेकाे छ ।
अस्पतालले प्रत्येक कन्सलटेन्टहरुसम्म बिरामी पुग्नुधन्दा अगाडी उनीहरुकाे भाइटल लिनकाे लागि ३ वटा काेठा समेत तयार गरेकाे छ । साथै ओपिडी सेवाकाे विषयमा कुनै पजि समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इन्चार्जकाे रुम पनि सँगै राखिएकाे गाैतमले जानकारी दिए ।
गाैतमकाे अनुसार बिरामीहरुले आफ्ना कन्सलटेन्टकाे बारेमा पनि अगाडी नै डिजिटल डिस्पलेमा सुचना पाउनेछन् । 
यस्तै अस्पतालकी प्रबन्ध निर्देशक मेघा चाैधरीले आफ्नाे सेवालाई पुर्ण रुपमा डिजीटाइजड गरी अत्याधुनिक बनाउने कामकाे सुरुवात ओपिडीबाट सुरुवात गरेकाे बताएकी छिन् । चाैधरीले शुल्क अनुसारकाे सेवा दिनुकाे लागि पनि स्तरन्नाेतीकाे गरिएकाे बताइन् ।
अस्पतालले आफ्नै माेबइल एप पनि विकसित गर्दै गरेकाे र छिटै बिरामीले त्यसबाट अपाेइन्मेन्ट लिन सक्ने अस्पतालले जनाएकाे छ ।
