विश्वस्तरिय सेवा दिने उद्धेश्यले नर्भिकले बनायो सुविधायुक्त ओपिडी भवन, २५ करोड लागत

<p>काठमाडौं । नर्भिक अस्पतालले २५ करोड रुपैयाँ लगानीमा ओपिडी भवनको स्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ । अस्पतालले आइतबार दिउँसो ओपिडी भवनको उद्घाटन गर्दै सेवा भवनको स्तरोन्नती गरी सेवा संचालनमा ल्याएको हो । अस्पतालले ओपिडी सेवालाई विश्वस्तरीय बनाउने उद्देश्यले ओपिडी भवनको पुननिर्माण गरेको बताएको छ । आफुहरुले निर्माण गरेको ओपिडी भवन सम्भवत नेपालका अस्पतालहरु मध्येकै सबैभन्दा [&hellip;]</p>

काठमाडौं । नर्भिक अस्पतालले २५ करोड रुपैयाँ लगानीमा ओपिडी भवनको स्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ ।

अस्पतालले आइतबार दिउँसो ओपिडी भवनको उद्घाटन गर्दै सेवा भवनको स्तरोन्नती गरी सेवा संचालनमा ल्याएको हो ।

अस्पतालले ओपिडी सेवालाई विश्वस्तरीय बनाउने उद्देश्यले ओपिडी भवनको पुननिर्माण गरेको बताएको छ । आफुहरुले निर्माण गरेको ओपिडी भवन सम्भवत नेपालका अस्पतालहरु मध्येकै सबैभन्दा स्तरीय रुपमा निर्माण गरिएकोे भवन रहेको अस्पतालको दाबी छ ।

यसका साथै अब बिरामीहरुले ओपीडी सेवाका लागि लाइनमा कुरेर बस्नु पर्ने झन्झट पनि हटेको अस्पतालले बताएको छ ।

Share News