एजेन्सी । आइतबार फेसबुकले म्यानमारमा सेनाको आधिकारिक पेज बन्द गरेको छ । फेब्रुअरी १ मा सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको भोलीपल्ट सामाजिक सञ्जालले फेसबुकले यस्तो निर्णय लिएको हो ।
‘हाम्रो विश्वव्यापी मापदण्ड पटक–पटक उल्लंघन गरेकाले तात्मादअको फेसबुक पेज हटाउने निर्णय गरेका हौं ।’ फेसबुकले एक विज्ञप्ती जारी गर्दै भनेको छ । ‘फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्छ ।’ म्यानमारमा सेनालाई तात्मादअ भनिन्छ । आइतबारदेखि सेनाको ट्रु न्युज पेज फेसबुकमा भेटिदैन । यतिखेर म्यानमारमा दुई सातादेखि सैनिक कूविरुद्ध प्रदर्शन जारी छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सन् २०१८ मा आर्मी चिफ मिन अङ, १९ जना वरिष्ठ आर्मी अफिसर, अन्य संस्था लगायत आर्मीले सञ्चालन गरेका सयौं पेजहरु बन्द गरिदिएको थियो । यस्तै नोभेम्बरमा भएको चुनावमा फेसबुकले ७० वटा फेक एकाउन्ट र आर्मीले चलाईरहेका पेजहरु पनि बन्द गरिदिएको थियो । ति पेज र एकाउन्टहरुले आर्मीको बारेमा सकारात्मक कुरा लेखेका थिए भने आङ सान् सुकीको पार्टीका विरुद्ध नकारात्मक कुरा लेखेका थिए ।