प्रभु बैंकद्वारा सिन्धुलीकाे भानुभक्त माविलाई १० वटा कम्प्युटर सहयाेग

<p>काठमाडाैं । प्रभु बैंकले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयाेग गराएको छ । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयाेग गरिएकाे जनाएकाे छ । विद्यालयमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् [&hellip;]</p>

काठमाडाैं । प्रभु बैंकले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयाेग गराएको छ । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयाेग गरिएकाे जनाएकाे छ ।

विद्यालयमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा यस क्रियाकलापलाई निरन्तरता दिइरहने जनाएकाे छ ।

Share News