डाक्टरले बिरामी जाँच्दा लिने शुल्क बढ्याे

<p>काठमाडाैं । डाक्टरले बिरामी जाँच्दा लिने शुल्क आज(बुधबार) देखि बढेकाे छ । बुधबार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले लिने परामर्श शुल्क बढाएको जानकारी गराएको हो । नयाँ ताेकिएकाे शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४५० रहेकाे [&hellip;]</p>

काठमाडाैं । डाक्टरले बिरामी जाँच्दा लिने शुल्क आज(बुधबार) देखि बढेकाे छ । बुधबार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले लिने परामर्श शुल्क बढाएको जानकारी गराएको हो ।

नयाँ ताेकिएकाे शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४५० रहेकाे छ । यस्तै सबैभन्दा बढी शुल्क ८२५ एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरकाे रहेकाे छ ।

विज्ञप्तीमा स्तरीय नर्सिङहाेम, अस्पतालहरुले बढीमा थप २० प्रतिशतसम्म शुल्क लिन पाउने उल्लेख छ ।

 

Share News