एजेन्सी । विच्याट र टिकटक बन्द गर्ने निर्णयलाई अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले उल्टाएको छ । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीबाट सञ्चालित एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा आउने भन्दै बन्द गर्ने निति ल्याएको थियो ।
ट्रम्प प्रशासनको उक्त निर्णयमा असहति जनाउदै टिकटक सञ्चालन गर्ने कम्पनी बाइटड्यान्सले मुद्दा दायर गरेको थियो । साथै विच्याटका प्रयोगकर्ताहरुले पनि एपलाई प्रतिबन्धविरुद्द मुद्दा दायर गरी आफ्नो पक्षमा आदेश पाएका थिए । यदि टिकटकको स्वामित्व कुनै अमेरिकी कम्पनीले खरिद गरेमा सञ्चालनको अनुमति पाउने ट्रम्प प्रशासनले विकल्प दिएको थियो । द गार्जियन का अनुसार एप तथा कम्पनीहरुलाई अमेरिकाबाट निकाला गर्ने ट्रम्प प्रशासनको आदेश हालै अमेरिकी उच्च अदालतले उल्टाएको छ ।
हाल यो मुद्दा सुनुवाईको क्रममा छ । बाइडेन प्रशासनले टिकटकबारे अध्ययन गरी यसबाट कुनै राष्ट्रिय सुरक्षा आाच नपुर्याउने पाईएकाले दुवै मुद्दालाई रोक्न अदालतसाग अपिल गरेको छ ।