तिमी शितल दिने छायाँ, ओइलायो मेरो मया (गीत)

<p>तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया आगो लागेछ मनमा रहर जलेर गयो खरानी भो सपना, हुरीले उडाई लग्यो म तिम्रो मनको पुजारी भेटी चढाएँ माया आफ्नै मुटु छामी हेर्छु छैनौ दाँयाबाया तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया गल्ती हजार हुन्छन्, होस [&hellip;]</p>

तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया
जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया

आगो लागेछ मनमा रहर जलेर गयो
खरानी भो सपना, हुरीले उडाई लग्यो
म तिम्रो मनको पुजारी भेटी चढाएँ माया
आफ्नै मुटु छामी हेर्छु छैनौ दाँयाबाया

तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया
जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया

गल्ती हजार हुन्छन्, होस हराएको बेला
अमृत नै विष बन्छ, खोट भाग्यको खेला
बेहोसिमै पनि झस्काउने तिम्रो माया
चिच्याउँदै खोज्छु, छैनौ दाँयाबाया

तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया
जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया

बाँध फुटेछ मायाको विश्वास टुटेर गयो
पत्थर बन्यो यो मुटु मर्म सुकेर गयो
बगर झै जिन्दगीमा प्यारो तिम्रो माया
भौतारीँदै खोजें तिम्लाई छैनौ दाँयाबाया

तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया
जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया

Share News