शनिबार नेपालभर ५७ जनामा संक्रमण पुष्टि

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ५७ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ६१४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ६३१ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ५७ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ६१४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ६३१ पुगेकाे छ ।

नेपालमा आजसम्म २१ लाख १३ हजार ५४९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १३३ जना निकाे भएसँगैं हालसम्म २ लाख ६८ हजार ९२९ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्‍यु भने भएकाे छैन ।

Share News