ललितपुर । नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसँगको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यले मुहानपोखरीमा अस्पतालले एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हाे ।
वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझीँ र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहालले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य जाँच गरेका थिए । डा. रायमाझीँले सहभागी महिलाहरुमा स्तन क्यान्सर रोगबाट बच्न के र कस्ता विषयमा ध्यान दिने भन्नेबारे जनचेतना अभिवृद्धिका लागि जानकारीमूलक सामग्री पनि प्रस्तुत गरेकी थिइन् ।
शिविरमा सहभागी १०० महिलामा गरिएको थर्मोकोगुलेसन प्रविधीबाट उपचार गर्दा १३ जनामा आङ खस्ने समस्या, १२ जनामा विभिन्न खाले संक्रमण, ४ जनामा प्रारम्भिक चरणको क्यान्सरको आशंका तथा १ जनामा स्तन क्यान्सरको आशंका गरिएको छ । स्तन क्यान्सरको लक्षण भए नभएको आफैले पत्ता लगाउने तरिका सिकाएकी रायमाझीले ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सल्लाह दिएकी छिन् ।