काठमाडौं । प्रभु क्यापिटलले शिक्षाको पहुँचबाट बञ्चित विद्यार्थीलाई छात्रावृत्ति दिने भएको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ति प्रदान गर्ने गरी होस्टे हैंसेसँग सम्झौता गरेको छ ।
होस्टे हैंसे शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने कार्य गरिरहेको गैर मूनाफामूलक संंस्था हो ।
“आँखाले ज्योती, शिक्षाले उज्यालो” भनेझै बालबालिकाहरुको उज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन् भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै छात्रावृत्ति प्रदान गरेको हो ।
साथै, प्रभु क्यापिटलले सामाजिक दायित्व अन्तर्गतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता व्यक्त गरेको छ ।