काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भायरसको नियन्त्रण गर्नको लागि सरकारले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षामा हालसम्म कोरोना महामारीको नियन्त्रण र उपचारका लागि सरकारले १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको जनाएको हो ।