डिजिटलाइजेसनमा समस्या धेरै छन्, सरकारले ध्यान दिएकै छैनः संजय गोल्छा

<p>काठमाडौं । नियोटेरिक नेपालका प्रबन्ध निर्देशक संजय गोल्छाले नेपालमा डिजिटलाइजेसको बारेमा छलफल हुने गरे पनि व्यवहारिक रुपमा धेरै समस्या रहेको बताएका छन् । डिजिटल कारोबारमा हुने इकोसिस्टमका बारेमा उपभोक्ताले पूर्ण जानकारी हासिल नगरिसकेको तथा यसलाई बुझाउन र कानुनी संरचना बनाउन सरकारले खासै ध्यान नदिएको उनको भनाई छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को सिइओ फोरमले [&hellip;]</p>

काठमाडौं । नियोटेरिक नेपालका प्रबन्ध निर्देशक संजय गोल्छाले नेपालमा डिजिटलाइजेसको बारेमा छलफल हुने गरे पनि व्यवहारिक रुपमा धेरै समस्या रहेको बताएका छन् ।

डिजिटल कारोबारमा हुने इकोसिस्टमका बारेमा उपभोक्ताले पूर्ण जानकारी हासिल नगरिसकेको तथा यसलाई बुझाउन र कानुनी संरचना बनाउन सरकारले खासै ध्यान नदिएको उनको भनाई छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) को सिइओ फोरमले आयोजना गरेको छलफमा बोल्दै गोल्छाले यस्तो बताएका हुन् । सरकारले प्रवाह र प्रदान गर्ने सेवालाई कसरी नागरिकसम्म पुर्याउने भन्ने संरचना अझै बनिनसकेकोले अहिले नै डिजिटलाइजेसनले व्यापकता नपाउने उनको अनुमान छ ।

‘सरकारले गर्नुपर्ने नीतिगत र कानुनी संरचना पनि बनिसकेका छैनन्, डिजिटल कारोबारका पूर्वाधारहरु पनि कमै छन्, सर्वसाधारणले पनि डिजिटल कारोबारको इकोसिस्टम बुझिसकेका छैनन्, इकमर्शमा पनि विभिन्न समस्या छन्,’ गोल्छाले भने ।

Share News