महाबौद्धको सानो गल्लीबाट सुरु भएको नेपाल डेरी, १५ रोपनीमा यसरी फैलियो

<p>काठमाडौं । २०३८ सालतिर वीर अस्पताल पछाडिको महाबौद्ध क्षेत्र पुरै खेतबारी थियो । अहिलेको पुस्तालाई त पत्याउन मुस्किलै पर्ला । तर, महाबौद्धमै घर भएका डा. हेरम्ब बहादुर राजभण्डारीको आँखामा त्यसबेलाका दृश्यहरू झल्झली आईरहन्छन् । साढे ३ रोपनी जग्गामा उनले अनार, भोगटे, आलु, काउली फलाएका थिए । महाबौद्धमा बस्ती त पातलै थियो । तिनै गल्लीमा चहलपहल [&hellip;]</p>

काठमाडौं । २०३८ सालतिर वीर अस्पताल पछाडिको महाबौद्ध क्षेत्र पुरै खेतबारी थियो । अहिलेको पुस्तालाई त पत्याउन मुस्किलै पर्ला । तर, महाबौद्धमै घर भएका डा. हेरम्ब बहादुर राजभण्डारीको आँखामा त्यसबेलाका दृश्यहरू झल्झली आईरहन्छन् । साढे ३ रोपनी जग्गामा उनले अनार, भोगटे, आलु, काउली फलाएका थिए ।

महाबौद्धमा बस्ती त पातलै थियो । तिनै गल्लीमा चहलपहल भने बाक्लै भईरहन्थ्यो । त्यसबेला हेरम्ब बहादुर राजभण्डारीको नामका अगाडी डाक्टर झुन्डिसकेको थिएन । हेरम्बले तिनै गल्लीहरुमा दही बेच्ने काम गर्थे । दैनिक २० लिटर दुध संकलन गरेर त्यसैलाई दही बनाउँदै बेच्नु उनको दैनिकि थियो । यसको व्यापार निकै फस्टाईरहेका बेला उनको मनमा अर्को आइडिया फुर्‍यो ।

दही बेच्दा बेच्दै हेरम्बले आइसक्रिम बेच्न थाले । त्यसबेला अमात्य इन्टरप्राइजेजले क्वालिटी आइसक्रिम बेच्थ्यो । अर्को आइसक्रिमको ब्राण्ड निरुलाजको पनि दबदबा थियो । जुन होटल अन्नपूर्णको मातहतमा चल्थ्यो ।

‘यी दुबै आइसक्रिमलाई हामीले कच्चा पदार्थ बेच्न थाल्यौं, पछि बिस्तारै आफैले उत्पादन गरेर एन्डीज् आइसक्रिम बेच्न थाल्यौं, राजभण्डारीले सुनाए ।

पुख्र्यौली जग्गामा सानो पसलबाट हेरम्बको व्यापार सुरु भयो । मारवाडीले घडी, रेडियो र इलोक्टोनिक पसल सुरु गरे । विस्तारै अन्य पसल पनि सुरु भए । मारामार व्यापार हुन्थ्यो ।

हेरम्बको पसलमा ग्राहकहरुको लाइन यति बढ्न थाल्यो कि काउन्टर नै राख्नु पर्ने भयो । हेरम्ब, उनका भाइ र २ जना स्टाफलाई डेरीको काममा भ्याइनभ्याइ हुन थाल्यो ।

दुध, दही, चिज, आइसक्रिमपछि फास्टफुड पनि सुरु भयो । लगानी ४० हजार रुपैयाँ मात्रै । २०३८ सालदेखि अहिलेसम्म आइपुग्दा नेपाल डेरीले लामो यात्रा पार गरेको छ । महाबौद्धको गल्लीबाट सुरु भएको नेपाल डेरीले अहिले ठूलो रुप लिइसकेको छ ।

हात्तिबनमा १७ रोपनिमा जग्गामा नेपाल डेरीको उद्योग फैलिएको छ । जहाँ ३ सय जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । ८७ वर्षीय हेरम्ब बहादुर राजभण्डारी नेपाल डेरीको चेयरम्यानको कुर्सीमा छन् । उनमा अझै उस्तै सक्रियता छ । उनले जग हालेको व्यवसायमा परिवारका अन्य सदस्यहरूले पनि साथ दिइरहेका छन् ।

नेपाल डेरीको उद्योगमा पूर्व सर्लाहीदेखि नवलपरासीको दाउन्ने पारीबाट दुध भित्रिन्छ । दैनिक १४ हजारदेखि २० हजार लिटर दुध संकलन गरिन्छ । दैनिक ४ हजार परिवारले यसबाट प्रत्यक्ष रोजगारी पाइरहेको नेपाल डेरीका निर्देशक अरनिको राजभण्डारी बताउँछन् ।

‘त्यहीा दुधलाई प्रशोधन गरेर हामी विक्री वितरण गर्दै आएका छौं,’ अरनिको सुनाउँछन् ।

उनका अनुसार डेरीको यसै व्यापारबाट मात्रै मासिक १५ लाख रुपैयाँ कारोबार हुने गरेको छ । अहिलेसम्म जम्मा ५० करोड रुपैयाँ लगानी भइसकेको उनी बताउँछन् ।

उनले डेरी खोल्नका लागि मेसिनमा २ करोड ३० लाख रुपैयाँ खर्चिए ।

यो व्यवसायमा निकै खट्नुपर्छ । चाडबाड होस् कि अन्य बेलामा अहोरात्र खट्नुपर्छ । दुधबाट बिभिन्न परिकार बनाएर बजार बिस्तार गर्न सकिने सम्भाबना उनले औंल्याए ।

‘मोजेरिला चिज पिज्जाको बेग्लै पसल सुरु गर्न सकिन्छ, यस्तै, खुवा र पाउडर बनाएर पनि बेच्न सकिन्छ,’ उनले थपे ।

हेरम्बले ३४ वर्ष सरकारी सेवामा बिताए । दुग्ध विकास संस्थानमा जिएम, पशु सेवा विभागमा डिजी र कृषि मन्त्रालयमा सचिव जस्ता उच्च ओहदामा रहेर उनले अनुभब बटुलिसकेका छन् ।

एउटा सामान्य टाइपिस्टबाट काम सुरु गरेका उनले काम र व्यवसायलाई सागसँगै अघि बढाए । वि.सं २०११ मा कोलम्बो प्लानमा छनौट भएर कृषिविज्ञान पढेका उनले फिलिपिन्सबाट डेरी साइन्समा एमएस्सी गरेका छन् । डेरी साइन्समै २०२६ सालमा पीएचडी गर्ने पहिलो नेपालीका रुपमा उनले आफ्नो नाम लेखाए ।

महाबौद्धको व्यापारिक हब

नेपाल डेरी सुरु भएको महाबौद्धको यो ठाउा अहिले व्यापारिक हब बनिसकेको छ । पहिले यहाा तीन फिटको मात्र बाटो थियो । अहिले भने वीर हस्पिटल आउने बाटाहरु धेरै बनिसकेका छन् । यहााको टोल र छिमेकीहरु मिलेर बाटो खोलेका हुन् । चोकैपिच्छे हरेक आइटम पाइने पसलहरु छन् । घडी, मोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक्स र लुगा पसलहरुमा बाक्लै चलहपहल भइरहन्छ ।

‘यी गल्लीहरुमा हिंड्दा अचेल म आफै हराउँछु, यो ठाउको चार्म बढ्दै गएको छ,’ अरनिकोले भने ।

चाइनिज सामानका लागि महाबौद्ध प्रख्यात छ । यो व्यापारिक हब कै रुपमा स्थापित भइसकेको छ । एकै ठाउामा सबै सुविधा उपलब्ध छ ।

‘एक अर्कामा मिलेर बस्ने हो भने प्रगति गर्न सकिने उदाहरण हो यो, यसलाई म भगवानको बरदान मान्छु । यस्तो उदाहरण विरलै भेटिन्छ,’ अरनिकोले सो ठाउाको उदाहरण दिदै भने ।

आफ्नो प्रयासले मात्र यो सम्भब नभएको छरछिमेक र यहााका व्यवसायीको प्रयासमा सम्भब भएको उनी बताउँछन् ।

डेरीबाट रेस्टुराँतिर पाइला

डेरीको व्यवसाय गर्दागर्दै राजभण्डारी परिवारले फास्टफुडतिर हात हाल्यो । महाबौद्धमा आफ्नै भवन । भाडा तिर्नु नपर्ने । भूँइ तलामा बेकरीका बिभिन्न आइटम, चिज, आइसक्रिम र केकहरु बिक्री हुन थाल्यो । माथिल्लो तलामा रेस्टुराँ । जहाँ बर्गर, पिज्जा, लगायतका आइटम बिक्रि हुन्छन् । डेरी जस्तै रेस्टुराँ क्षेत्रमा पनि एन्डिज आइसक्रिम एन्ड फास्ट फुडले राम्रै बजार लियो । राजधानीमा यसका शाखा बिस्तार हुँदै गए ।

एन्डिजका निर्देशक अरनिकोका अनुसार दैनिक रेस्टुराँले २ लाख रुपैयाँ बराबर कारोबार गर्छ । यसमा लगानी भने ५ करोड रुपैयाँ नाघिसकेको उनी बताउँछन् । कुनै बेला रेस्टुराँले पाँच वटा शाखा विस्तार गरिसकेको थियो । देशमा माओवादी सशस्त्र विद्रोह सुरु भएपछि शाखाहरु खुम्चिए । अहिले महाबौद्ध बाहेक मरु गणेशस्थानमा पनि यसको शाखा छ । रेस्टुराँले एक सय जनालाई रोजगारी दिएको छ ।

कोभिड १९ को महामारीपछि ७ महिना रेस्टुराँ बन्द भयो । आफ्नै भवन, भाडा तिर्न नपरेकोले ठूलो असर नगरेको अरनिको बताउँछन् । अब त रेस्टुराँको व्यापारले गति पक्रिन थालिसकेको छ । तर, सरकारले ९ बजे नै होटल, रेस्टुराँ बन्द गर्ने क्रम तत्काल रोक्नु पर्ने उनले माग गरे । १२/१ बजे सम्म खोल्न दिए अझै चहलपहल बढ्नेमा उनलाई विश्वास छ ।

‘व्यापार र व्यापारीप्रति सरकार संकिर्ण छ, पर्यटकहरुले खर्च गर्ने वातावरण पनि त हुनुपर्‍यो,’ उनी भन्छन् ।

Share News