एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजीद्वारा एयर होस्टेस प्रशिक्षणकाे लागि छात्रवृत्ति घोषणा

<p>काठमाडाैं । एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ । कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजीले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । उक्त छात्रवृत्ति एएनएसटीले भर्ना हुने विद्यार्थीहरूलाई &#8216;प्लस टु&#8217; काे प्रमाणपत्र अनुसार पाउने छन् [&hellip;]</p>

काठमाडाैं । एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ ।

कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजीले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । उक्त छात्रवृत्ति एएनएसटीले भर्ना हुने विद्यार्थीहरूलाई ‘प्लस टु’ काे प्रमाणपत्र अनुसार पाउने छन् ।

पोखरेल धेरै विद्यार्थीहरूले आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरेपछि आर्थिक अभावले उच्च शिक्षा पूरा नगरेकाे अवस्थालाई मध्यनजर गर्दै यस्ताे कार्यक्रम घाेषणा गरेकाे बताए

एएनएसटीले जेटस्ट्रीम विमानबाट तालिम दिँदै आएको छ ।

Share News