विश्व निकेतनले पूरा गर्याे ७५ वर्ष

<p>काठमाडाैं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय स्थापनाकाे ७५ औं वर्ष पुरा गरेकाे छ । मंगलबार विद्यालयले एक कार्यक्रम गरी आफ्नाे ७५ औं वार्षिकयत्सव मनाएकाे छ । विश्व निकेतनकाे स्थापना विं.स २००३ मा भएकाे हाे । उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६ मा कक्षा इसिडीदेखि १२ कक्षा सम्म वार्षिक परिक्षामा प्रथम, दित्तिय र तृतीय हुने र उत्कृष्ट नतिजा प्राप्त [&hellip;]</p>

काठमाडाैं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय स्थापनाकाे ७५ औं वर्ष पुरा गरेकाे छ । मंगलबार विद्यालयले एक कार्यक्रम गरी आफ्नाे ७५ औं वार्षिकयत्सव मनाएकाे छ । विश्व निकेतनकाे स्थापना विं.स २००३ मा भएकाे हाे ।

उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६ मा कक्षा इसिडीदेखि १२ कक्षा सम्म वार्षिक परिक्षामा प्रथम, दित्तिय र तृतीय हुने र उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार , प्रमाणपत्र तथा पदक प्रदान गरिएको छ ।

कार्यक्रममा विद्यालयको इतिहास र स्थापनाकालदेखि वर्तमान सम्मका गतिविधि समावेश गरिएको ” अ गिल्म्स इन टु विश्व निकेतन ” विमोचन गरिएकाे थियाे । विद्यालयले आगामी बर्षभरी विभिन्न कार्यक्रमका साथ हिरक बर्ष पल्याटिनियम जुब्ली मनाउने निर्णय गरेको छ ।
कक्षा १ देखि स्नातकसम्मको पढाई हुने गरेको विश्व निकेतनले सामुदायिक विद्यालयहरूको स्तर खस्कदै गएको भन्ने कुरालाई गलत ठहराएको छ । हरेक वर्ष कक्षा १ देखि १० सम्म भर्ना खुल्दा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी निजी विद्यालयका आउने गरेका छन् ।
यस्तै कक्षा ११ देखि १२ मा १ हजार विद्यार्थीको भर्ना खोल्दा ३ हजारभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन् ।

Share News