काठमाडाैं । नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (आइक्यान)को २४औँ वार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न भएकाे छ । शुक्रबार भएकाे दिक्षान्त समाराेहमा २०७७ मा आइक्यानबाट उर्तीन सिएहरुमध्ये कुल ३२ जना सिएहरु दीक्षित भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा अर्थमन्त्री पौडेलले दीक्षित सबै सिएहरुलाई बधाई दिँदै देशको समृद्धिमा युवा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका उल्लेखनीय हुने बताए ।
चार्टर्ड एकाउन्टेन्टहरुबाट जनताले ठूलो अपेक्षा राखेको र सो अपेक्षा पूरा गर्न आइक्यान र सिएहरुले खेलेको भूमिका प्रशंसनीय रहेकोसमेत बताए । लेखा प्रर्णाली र लेखापरीक्षा देशको विकाससँग् सम्बन्धित विषयसमेत रहेकाले र लेखापरीक्षाकाे माध्यमबाट सुशासनलाई अझ सुदृढ बनाउन सकिने भएकाले देशको विकास, समृद्धि र सुशासनका लाग्न सम्पुर्ण सिएहरुले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्नेमा समेत उनले जोड दिए ।