काेराेनाकाे औषधी प्रयाेगमा ल्याउने अन्तिम तयारीमा देउराली जनता

<p>काठमाडौं । नेपाली औषधी उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले काेराेना विरुद्धकाे खाेप प्रयाेगमा ल्याउने अन्तिम तयारी थालेकेा छ । आफूले उत्पादन गरेकाे &#8216;फाभिर २००&#8217; काे क्लिनिकल ट्रायलमा नकारात्म असर नदेखिएकाेले आपतकालिन प्रयाेगकाे अनुमति लिन लागिएकाे कम्पनीले जानकारी दिएकेा छ । &#8216;फाभिर २००&#8217; काे  क्लिनिकल ट्रायलकाे नतिजा पनि राम्राे आएकाे कारण छिट्टै यसकाे आपत्तकालित प्रयाेगकाे लागि औषधी व्यवस्था विभागसँग [&hellip;]</p>

काठमाडौं । नेपाली औषधी उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले काेराेना विरुद्धकाे खाेप प्रयाेगमा ल्याउने अन्तिम तयारी थालेकेा छ ।

आफूले उत्पादन गरेकाे ‘फाभिर २००’ काे क्लिनिकल ट्रायलमा नकारात्म असर नदेखिएकाेले आपतकालिन प्रयाेगकाे अनुमति लिन लागिएकाे कम्पनीले जानकारी दिएकेा छ ।

‘फाभिर २००’ काे  क्लिनिकल ट्रायलकाे नतिजा पनि राम्राे आएकाे कारण छिट्टै यसकाे आपत्तकालित प्रयाेगकाे लागि औषधी व्यवस्था विभागसँग अनुमति लिने कम्पनीले जानकारी दियाे ।

औषधि उत्पादनको क्षेत्रमा अन्तराष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा देउराली जनता फार्मस्युटिकल्स परिचित छ ।

फर्मास्युटिकल्सले नेपालमा पहिलो आइएसओ –९००१ः आइएसओ– १४००१ काे प्रमाणपत्र प्राप्त गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफ्ना उत्पादनलाई अन्तराष्ट्रिय स्तरको बनाइ संचालित गरिरहेको छ ।

यस्तै कम्पनीले विभिन्न आर्थिक वर्षहरुमा नेपालमा औषधि उत्पादन गर्ने कम्पनीहरु मध्ये अधिकतम कर बुझाउने र उच्च सामाजिक उत्तरदायित्व वहनगर्ने कम्पनीको रुपमा समेत आफुलाई अग्रणी स्थानमा राख्दै आएकाे छ ।

कम्पनीले अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दिर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याबलेट, लिक्विड, ओइन्टमेन्ट लगायतका ३३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने गर्दछ ।

कम्पनीमा विभिन्न मुलुकहरुबाट उच्च शिक्षा हाँसिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहका करिब ५०० जना कर्मचारीहरु कार्यरत छन् ।

Share News