१० लाख डोज भ्याक्सिन पाएपछि ओलीले भने: ‘धन्यवाद माेदीजी’

<p>काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । नेपाललाई अनुदानको १० लाख डोज कोभिड–१९ भ्याक्सिन दिएको भन्दै ओलीले ट्वीटमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् । आज मात्रै भारतले नेपाललाई दिएको भ्याक्सिन नेपाल आइपुगेको छ । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको छ । कोरोना खोप [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । नेपाललाई अनुदानको १० लाख डोज कोभिड–१९ भ्याक्सिन दिएको भन्दै ओलीले ट्वीटमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् ।

आज मात्रै भारतले नेपाललाई दिएको भ्याक्सिन नेपाल आइपुगेको छ । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको छ । कोरोना खोप प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।

Share News