एजेन्सी । अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ ब्राण्ड साओमीलाई कम्युनिष्ट चाइनिज मिलिटरको संज्ञा दिएका छन् । साओमी संसारकै ठूलो मोबाइल फोन उत्पादन गर्ने कम्पनि हो । ट्रम्प प्रशासनले साओमी लगायत ८ वटा अन्य कम्पनिहरुलाई ‘कम्युनिष्ट चाइनिज मिलिटरी कम्पनि’ को आरोप लगाएको हो ।
युएस डिपार्टमेन्ट अफ डिफेन्सले यस्तो आरोप लगाएर ब्ल्याक लिस्टमै राखेको हो । अमेरिकी नागरिक र संस्थाले यस्ता कम्पनिहरुमाथि लगानि नगर्न पनि आदेश दिएको छ । तर, ट्रम्प प्रशासनको आरोप खण्डन गर्दै साओमीले पिपुल्स लिबरेशन आर्मीसँग कुनै सम्बन्ध नभएको भन्दै स्पिष्टकरण दिईसकेको छ । युएस डिपार्टमेन्ट अफ डिफेन्सले सन् १९९९ देखि पिपुल्स लिवरेशन आर्मीको नियन्त्रणमा रहेका वा यससँग जोडिएका कम्पनिहरुको लिस्ट बनाउँदै आएको थियो ।
साओमी मोबाइल फोन उत्पादन गर्ने विश्वकै ठूलो मध्येको एक कम्पनि हो ।
आइडिसिको अनुसन्धान अनुसार साओमी जत्तिकै सामसुङ र हुवावेले ठूलो परिमाणमा मोबाइल बिक्रि गर्छन् । विश्वमा यसको बजार हिस्सा १३.१ प्रतिशत छ । चीन, ल्याटिन अमेरिका, युरोपमा एप्पल भन्दा साओमी बढी बिक्रि हुने गर्छ ।