ज्योति विकास बैंकले दियाे कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर

<p>काठमाडाैं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेकाे हो। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुति सेवा लिन आउने वार्षिक करिब ५०० जना प्रत्यक्ष्य [&hellip;]</p>

काठमाडाैं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेकाे हो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुति सेवा लिन आउने वार्षिक करिब ५०० जना प्रत्यक्ष्य रुपमा लाभान्वित हुने बैंकले जनाएकाे छ । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो।

बैंकले १२औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु।४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु। ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।

 

Share News