इक्यानकाे अनलाइन शैक्षिक मेला शुरु

<p>काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले वर्षेनी गर्दै आएको शैक्षिक मेला शुक्रबारदेखि शुरु भएको छ । कोभिड १९ महामारीका कारण इक्यान्ले मेला अनलाइन माध्यमबाट शुरु गरेकाे छ । शुक्रबारबाट शुरु भएको मेला माघ ५ गते सोमबारसम्म सञ्चालन हुने इक्यानले जनाएको छ । उच्च  शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकले अनलाइन मार्फत [&hellip;]</p>

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले वर्षेनी गर्दै आएको शैक्षिक मेला शुक्रबारदेखि शुरु भएको छ । कोभिड १९ महामारीका कारण इक्यान्ले मेला अनलाइन माध्यमबाट शुरु गरेकाे छ । शुक्रबारबाट शुरु भएको मेला माघ ५ गते सोमबारसम्म सञ्चालन हुने इक्यानले जनाएको छ ।

उच्च  शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकले अनलाइन मार्फत मेलामा सहभागी भइ उच्च शिक्षाका लागि जान चाहेको देश, विश्वविद्यालय तथा कलेज, कोर्स भिजा प्रोसेसिङ, लाग्ने खर्च लगायतका विषयमा जानकारी तथा परामर्श लिन सक्नेछन् ।

मेलामा सहभागी हु्न विद्यार्थी तथा उनीहरुका अभिभावकले  मेलाको वेवसाइटमा गएर नाम दर्ता गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

एक सयभन्दा बढी प्रदर्शक सहभागि मेलामा एउटै लिंकबाट विश्वभरका शैक्षिक संस्था र प्रणालीको विषयमा विद्यार्थी र अभिभावकलाई विस्तृत जानकारी दिइने इक्यानको जनाएकाे छ ।

Share News