ट्रम्पलाई महाअभियोग

<p>एजेन्सी । अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लागेको छ । ट्रम्प एउटै कार्यकालमा दोस्रो चोटी महाअभियोग लाग्ने इतिहासमै पहिलो व्यक्ति बनेका छन् । यसअघि सन् २०२० मा उनलाई महाअभियोग लगाईएको थियो । बुधबार ट्रम्पमाथि महाअभियोग लगाईएको हो । यस पटक उनकै पार्टीका सेनेटरहरु पनि महाअभियोगको पक्षमा देखिएका छन् । यसअघि उनको पार्टीबाट महाअभियोगको समर्थन नगरिएको [&hellip;]</p>

एजेन्सी । अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लागेको छ । ट्रम्प एउटै कार्यकालमा दोस्रो चोटी महाअभियोग लाग्ने इतिहासमै पहिलो व्यक्ति बनेका छन् । यसअघि सन् २०२० मा उनलाई महाअभियोग लगाईएको थियो ।

बुधबार ट्रम्पमाथि महाअभियोग लगाईएको हो । यस पटक उनकै पार्टीका सेनेटरहरु पनि महाअभियोगको पक्षमा देखिएका छन् । यसअघि उनको पार्टीबाट महाअभियोगको समर्थन नगरिएको कारण महाअभियोग असफल भएको थियो ।

अमेरिकी संसदमा हुलहुज्जत गरेका कारण ट्रम्पमाथि महाअभियोग लागेको हो । सत्ताबाट बाहिरिनु ९ दिन अगाडी मात्रै उनीमाथि महाअभियोग लागेको हो । सभामुख न्यान्सी पेलोसिले भनेकी छिन्, ‘ट्रम्पले राज्यमाथि गद्धारी गरेकाले उनै जानैपर्छ । हामीले माया गर्ने देशका लागी उनी खतरा हुन् ।’

Share News