बुधबार ४४५ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ४४५ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ४ हजार ४३४ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ४४५ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ४ हजार ४३४ पुगेकाे छ ।

नेपालमा आजसम्म १९ लाख ९७ हजार ९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ४१४ जना निकाे भएसँगैं हालसम्म २ लाख ५९ हजार ७७२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १९३७ पुगेकाे छ ।

Share News