एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरिने समय नजिकिदै छ । यसै जनवरी २१ तारेखमा उनको कार्यकाल पूरा हुँदैछ । जाँदाजाँदै उनले ७ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले प्रयोगकर्ताको सम्पूर्ण जानकारी चिनियाँ सरकारसामु पुर्याएको आरोप लगाएका छन् । यस्ता एप्सहरुले राष्ट्रिय सुरक्षामा खतरा बढाएको उनको आरोप छ । बीबीसी का अनुसार अलिपे, विच्याट लगायत अन्य चिनिया कम्पनीसंग जोडिएका एप्समार्फत कारोबारमा प्रतिबन्ध लगाएका हुन् ।
ट्रम्पले जारी गरेको आदेश अनुसार वीमेट, वीच्याट पे, अलिपे, क्यामस्क्यानर, क्यूक्यू वालेट, शेयर इट्, टेन्सेन्ट क्यूक्यू र डब्ल्यूपीएस अफीसमाथी प्रतिबन्ध लगाइएको छ । ‘यस्ता एप्स निमार्ण गर्ने डेभ्लपर्स र चिनियाँ सफ्ट्वेयरमाथि अमेरिकाले कडा कदम चाल्नुपर्छ ।’ प्रतिवेदनमा भनिएको छ, ‘यसले हाम्रो राष्ट्रिय सुरक्षामाथि खतरा बढाउँछ ।’
अनलाइन कारोबारका लागी अलिपे निकै लोकप्रिय प्लेटफर्म हो । त्यस्तै क्यूक्यू वालेट र विच्याट् पे पनि संसारभर उत्तिकै लोकप्रिय एप्स हुन् । ट्रम्पको आदेशको असर ४५ दिनपछि देखिनेछ ।