अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध

<p>एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । जनवरी २० मा ट्रम्पको कार्यकाल सकिदै छ । उनको कार्यकालभरका लागी फेसबुकले प्रतिबन्ध लगाएको फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले बिहिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् । बुधबार अमेरिकी संसद भवनमा आक्रमण भएको थियो । त्यसपश्चात् ट्रम्पलाई २४ घण्टाका लागी प्रतिबन्ध [&hellip;]</p>

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । जनवरी २० मा ट्रम्पको कार्यकाल सकिदै छ । उनको कार्यकालभरका लागी फेसबुकले प्रतिबन्ध लगाएको फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले बिहिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् ।

बुधबार अमेरिकी संसद भवनमा आक्रमण भएको थियो । त्यसपश्चात् ट्रम्पलाई २४ घण्टाका लागी प्रतिबन्ध लगाइएको थियो । ‘यस्तो अवस्थामा हाम्रो प्लेटफर्म य्रयोग गर्न दिनु चुनौतीपूर्ण हुनेछ ।’ जुकरबर्गले भने ‘थप दुई हप्ताका लागी हामीले प्रतिबन्ध लगाएका छौं ।’ अब ट्रम्पले दुई हप्ता फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न पाउने छैनन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई ट्रम्पले सजिलै सत्ता हस्तान्तरण गर्न नमानेको बुझिएको छ । शान्तिपूर्ण अवस्था नआउञ्जेलसम्मका लागी उनलाई प्रतिबन्ध लगाइएको जुकरबर्गले लेखेको छन् ।

यसअघि ट्रम्पलाई ट्वीटरले पनि प्रतिबन्ध लगाएको थियो । विवादित ट्वीटहरु ट्रम्पले डिलिट गरेपछि उनलाई ट्वीटरले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो ।

 

Share News