काठमाडाैं । डिएभी कलेजले बिहिबार सफलतापुर्वक आफ्नो प्रथम वार्षिक भ्लग फेस्ट २०२० सम्पन्न गरेको छ । कार्यक्रमका विजेताहरुलाई कलेजका अध्यक्ष अनिल केडिया पुरस्कार वितरण गरेका थिए ।
समारोहमा जम्मा ७ वटा विधामा विजेता विद्यार्थीलाई सम्मानपत्र र १५ हजारसम्मको पुरस्कार वितरण गरिएको थियो। उक्त भ्लग प्रतियोगितामा आफ्नो भिडियो बुझाउनको लागि सहभागी विद्यार्थीलाई करिब दशदिनको समय दिईएको थियोल । उक्त भिडियो भ्लगमा उनीहरुले तनावयुक्त समयमा पनि सृजनशिलताको माध्यमबाट कसरी आशावादि रहन सकिन्छ भन्ने विषयलाई प्रस्तुत गर्नुपर्ने थियो ।
प्रतियोगितामा जम्मा १५० वटा भ्लग बुझाईएका थिए जसमध्ये २८ वटा प्रतिस्पर्धाको लागि छानिएकाे थियाे ।