काठमाडौं । बालाजुको समृद्धि स्कुलले आयाेजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । स्कुलकाे क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचः को संयुक्त आयोजनामा आइतबार समृद्धि स्कुल बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।
उक्त कार्यक्रममा ७३ जना विद्यार्थी, अभिभावक तथा स्थानिय दाताहरूले रक्तदान गरेका थिए । स्कुलकाे क्लब २५ का विद्यार्थिहरूले व्यवस्थापन गरेको उक्त कार्यक्रममा रक्तदाताहरू तथा सहयोगी संस्थाहरूलाई समृद्धि स्कुलका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठ, चःमति नेवाः खलःका अध्यक्ष पुर्णकाजी ज्यापुले प्रमाणपत्र वितरण गरेका थिए ।