एजेन्सी । एसियाकै धनी व्यक्तिहरूको नाम लिनु पर्दा मुकेश अम्बानी र ज्याक माको नाम अग्र पंक्तिमा आउँथ्यो ।
यसअघि हङकङका ज्याक मालाई जितेर भारतीय अर्बपति अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्तिको सूचिमा उक्लिएका थिए । संसारभरका मिडियामा प्रायः हेड्लाइन बनिरहने पात्र हुन्, अम्बानी र ज्याक मा । यी दुबैले संसारभर आयोजना भइरहने विभिन्न फोरमहरूमा भाग लिइरहन्थे ।
कोरोनापछि धेरै कुराहरु वदलिएका छन् । विश्वको राजनीति, अर्थतन्त्रमा व्यापक फेरवदल आयो । यसअघि मिडियामा कहिल्यै नछाएका चिनिया“ नागरिक जोङ सानसन एसियाकै पहिलो धनी व्यक्तिमा दरिएका छन् । उनले बोलेका कुरा मिडियामा विरलै सुन्न, पढ्न पाईन्छ ।
भारतीय अर्बपति व्यापारी अम्बानीलाई पछि पार्दै जोङ एसियाकै धनी व्यक्तिको सूचिमा परेका हुन् । ७७ अर्ब ८० करोड डलर सम्पत्ति भएका चिनियाँ नागरिक जोङ बिहिबार एसियाकै धनी व्यक्तिको सूचिमा उक्लिएका हुन् । सन् २०२० मा मात्रै उनको सम्पत्ति ७ अर्ब डलरले बढेको थियो । अम्बानीको सम्पत्ति १८ अर्ब ३० करोड डलरबाट बढेर ७६ अर्ब ९० करोड पुगेको छ ।
चिनियाँ नागरिक जोङ बोतलको पानी बेच्ने व्यापारी हुन् । यस बाहेक उनी खोप कम्पनी बेइजिङ वान्ताई बायोलोजिकल फार्मेसी इन्टरप्राइजेजका सञ्चालक पनि हुन् । यो कम्पनी कोभिड १९ विरुद्धको खोप उत्पादन गर्ने मध्यको एक हो ।
बोतलको पानी बेच्ने कम्पनी नोङफु स्प्रिङ सिओको सेयर १५५ प्रतिशतले र खोप कम्पनीको सेयर दुई हजार प्रतिशतले बढेपछि उनी एसियाकै धनी व्यक्तिको सूचीमा दरिएका हुन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार ६६ वर्षीय जोङ अब विश्वको ११ औं धनी व्यक्ति बन्न पनि सफल भएका छन् । उनी इतिहासमा सबैभन्दा छोटो समयमा आर्थिक रुपमा फड्को मार्ने कम्पनीका मालिकभित्र पर्छन् ।
उनका बारेमा बाहिरी संसारलाई कमै मात्र जानकारी छ । अहिले थालेको व्यापारमा आउनुअघि उनी पत्रकारितामा सक्रिय थिए । त्यस्तै, च्याउ फार्म र हेल्थ केयरको व्यापारमा पनि संलग्न थिए ।
कोभिड १९ को महामारीले विश्वको अर्थतन्त्र थिलथिलो पारिरहेको थियो । सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा पत्ता लागेको कोरोना भाइरसले विश्वमा ८ करोड ३९ लाख भन्दा बढी नागरिकहरू संक्रमित बने । त्यस्तै १८ लाख मानिसहरूको ज्यान गुमाए ।
नव धनाड्य जोङ्ले थालेको नोङ्फु स्प्रिङ ब्राण्ड बोतलको पानी चीन र हङकङमा निकै चर्चित छ । चीनको जेजियाङ प्रान्तस्थित हाङजाउमा मुख्यालय रहेको यो ब्राण्डको उत्पादन कोरोना महामारीका बेला पनि घाटामा गएन । बरू यसको लोकप्रियता चुलिदै गयो ।
स्कुल ड्रपआउट् जोङ् कुनै समय निर्माण कम्पनीमा काम गर्थे । आफ्नै व्यापार थाल्नुअघि उनले स्थानीय पत्रीकामा संवाददाताको काम पनि गरे । उनी कुनै राजनीतिक दलस“ग सम्बद्ध छैनन् । न त उनको व्यापार कसैस“ग साझेदारीमा छ । जोङ् व्यापारमा ‘लन वल्फ’का रुपमा परिचित छन् । ‘लन वल्फ’ यस्तो जनावर हो, जो एक्लै हिंड्छ । एक्लैै संघर्ष गर्छ । र, एक्लै समय व्यतित गर्छ । उनी पनि एक्लै संघर्षबाट उदाएका व्यापारी हुन् ।
नितान्त नया“ व्यापारमा हात हालेर पनि सफल हुने व्यक्ति हुन् जोङ् । गत अप्रिलदेखि उनले भ्याक्सिन बनाउने कम्पनी बेइजिङ वान्ताई बायोलोजिकल फार्मेसी इन्टरप्राइज सिओ सञ्चालनमा ल्याए । त्यसको केही महिनापछि नोङफु स्प्रिङ सिओ सुरुवात गरे ।
भारतीय व्यापारी अम्बानी भन्दा अगाडी ज्याक मा एसियाकै धनी व्यक्तिको सूचिमा थिए ।