अमेरिकालाई उछिनेर विश्वकै पहिलो आर्थिक शक्ति बन्दै चीन

<p>एजेन्सी । विश्वकै पहिलो आर्थिक महाशक्ति अमेरिकाको संसारभरी दवदवा कायम छ । अबको केही वर्षभित्रै अमेरिकालाई उछिन्दै चीनले आफ्नो नाम दर्ज गराउन लागेको खबरले फेरि एक पटक संसारको ध्यान खिचेको छ । बेलायती थिंक ट्यांक द सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च (सिइबिआर) का अनुसार सन् २०२८ सम्म चीन अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो आर्थिक [&hellip;]</p>

एजेन्सी । विश्वकै पहिलो आर्थिक महाशक्ति अमेरिकाको संसारभरी दवदवा कायम छ । अबको केही वर्षभित्रै अमेरिकालाई उछिन्दै चीनले आफ्नो नाम दर्ज गराउन लागेको खबरले फेरि एक पटक संसारको ध्यान खिचेको छ ।

बेलायती थिंक ट्यांक द सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च (सिइबिआर) का अनुसार सन् २०२८ सम्म चीन अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो आर्थिक महाशक्ति बन्नेछ । आँकलन गरिएभन्दा ५ वर्ष अघि नै चीन विश्वकै सबैभन्दा ठूलो आर्थिक महाशक्ति बन्न लागेको उक्त रिपोर्टले देखाएको छ ।

अहिले अमेरिका र चीन विश्वका पहिलो र दोस्रो आर्थिक महाशक्तिका रुपमा उदाएका छन् । चीनमा कोरोना भाइरस देखिएपछि कडा कदम चालेर त्यो संक्रमणलाई नियन्त्रणमा लिन सफल भएको थियो । संसारभरी महामारी छाएको बेला चीनले फैलिदै गएको कोरोना महामारीलाई कुशल व्यवस्थापन गरेका कारण आफूलाई त्यो अवस्थामा पुर्याउन सफल भएको हो ।

चीनको यही कुशल व्यवस्थापनकै कारण जति क्षति हुनु पर्ने हो, त्यो सम्भावित ठूलो क्ष्ँतिबाट बचाएको अनुसन्धानले देखाएको छ । कोरोना नियन्त्रण गर्न नसकेकै कारण अधिकांस युरोपियन मुलुकहरु अपेक्षा गरिए भन्दा ओरालो लाग्दै गए ।

कोरोना कालमा कुशल व्यवस्थापनको कारण चीनको आर्थिक बृद्धिदर युरोप र अमेरिकाको भन्दा बढि हुने अनुुन्धानले देखाएको छ । कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र प्रभावित भएको छ । सिइबिआरका अनुसार विश्व कोरोना महामारीमा पनि एसियाले आर्थिक उन्नति राम्रो गरिरहेको तर युरोप भने खराब दिशातिर उन्मुख भएको छ । तर, चीनले भने विषम परिस्थीतिमा पनि फड्को मार्दै गयो । चीनको आर्थिक बृद्धिदर सन् २०१२ देखि २०२५ को बीचमा ५.७ र २०२६ देखि २०३० को बीचमा ३.९ प्रतिशतका दरले हुने अनुसन्धानले देखाएको छ ।

कोभिडपछि अमेरिकी अर्थतन्त्रमा केही बदलाव आउनेछ । जसअनुसार सन् २०२२ देखि २०२४ को बीचमा वार्षिकरुपमा १.९ प्रतिशतले बृद्धि हुनेछ । र, त्यसपछि १.६ प्रतिशतका दरले आर्थिक बृद्धी हुने अनुमान छ । कुशल व्यवस्थापनका कारण चीन आर्थिक तरलता अवस्थाबाट जोगिएको र सन् २०२० मा दुई प्रतिशतको आर्थिक वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

अमेरिका कोभिडले विश्वकै सबैभन्दा बढी असर गरेको मुलुक हो । जहा“ कोरोनाका कारण ३ लाख ३० हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । यस्तै, १ करोड ८५ लाखभन्दा बढी कोरोना संक्रमित छन् ।

सिइबिआरको रिपोर्ट अनुसार कोभिड–१९ महामारी र अन्य ठाउमा देखिएको आर्थिक मन्दी चीनको पक्षमा देखिएको छ । आर्थिक राहतको विषयमा भएको विवादले अमेरिकामा १ करोड र ४० लाख अमेरिकीहरु बेरोजगारले पाउने सुबिधाबाट बञ्चित हुनेछन् । अमेरिकाले विशेष प्याकेजको घोषणा गरेर बेरोजगारहरुलाई भत्ता दिलाउने कोशिष गरेको थियो ।

यस्तै, भारत पनि सन् २०३० भित्र विश्वको तेस्रो ठूलो आर्थिक शक्ति बन्ने उक्त प्रतिवेदनले प्रक्षेपण छ । बेलायतस्थित थिंक ट्यांक द सेन्टर फर इकोनोमिक्स एण्ड बिज्नेश रिसर्च (सिइबिआर) ले हरेक वर्ष डिसेम्बर २६ मा आर्थिक लिग टेबल सार्वजनिक गर्दै आएको छ ।

अमेरिकालाई उछिनेर विश्वकै पहिलो आर्थिक महाशक्तिका रुपमा उदाउने भएपछि विश्वको केन्द्र अब चीन बन्ने छ । चीनको सिचुवान प्रान्तस्थित नसान नर्मल विश्वविद्यँलयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स हिमालय स्टडिजका सिनियर फेलो बुद्धि प्रसाद शर्माका अनुसार चीन विश्व माझ यति एकीकृत भईसकेको छ कि, अमेरिकी अर्थतन्त्रबाट चिनिया“ लगानी फिर्तँ ल्याउने हो भने अमेरिकी अर्थतन्त्र कोल्याप्स हुन सक्छ ।

सन् २०१९ मा चीन अमेरिकाबीच दुई देशको व्यापार ५६० अर्व डलर छ । दुई देशबीच व्यापार हुँदै यो अवस्थासम्म आइपुग्दा तमाम संकटहरु झेल्नुपर्यो । चीनको उदाउँदोे शक्ति अमेरिकाका लागि खतराका घण्टीका रुपमा बजेको छ । अमेरिकी संस्थापन पक्ष यो कुराले त्रसित बनेको छ ।

कोभिड १९ का कारण चीन अमेरिकाको सम्बन्ध पनि चीसो बनेको छ । चीनको सत्ता परिवर्तन गर्न अमेरिकी प्रशासन रणनीतिक रुपमा लागेको बुझिन्छ । अमेरिकी रक्षा मन्त्रालयको वार्षिक प्रतिवेदन २०१९ ले चिनियाँ सैन्य क्ष्ँमता र भावी कार्यक्रमको विश्लेषण गर्दै चुनौतीलाई सामना गर्न ढिलो भइरहेको सुझावलाइ केलाउँदा पनि यसको पुष्टि गर्न सकिन्छ ।

Share News