बैंक अफ काठमाण्डूका ग्राहकहरुले सेलपेबाट विद्युतिय काराेबार गर्ने सक्ने

<p>काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतिय भुक्तानी गर्न सक्ने भएका छन् । मंगलबार दुई कम्पनीबिच सहकार्य गर्ने सम्झाैता भएकाे हाे । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतिय भुक्तानी गर्न सक्ने भएका छन् । मंगलबार दुई कम्पनीबिच सहकार्य गर्ने सम्झाैता भएकाे हाे ।

सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी पनि गर्न बैंकले जनाएकाे छ।

यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भी हरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने बैंकले जनाएकाे छ ।

Share News