डिशहाेममा साेमबारदेखि भिडियाे म्यागजिन सग्लाे समाज

<p>काठमाडाैं । डिश मिडिया नेटवर्कले सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन सग्लाे समाज प्रसारण गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् । सो म्यागजिन डिश होमको सरोकार च्यानल ९१३०० मा राती साढे ८ बजे प्रसारण हुन्छ । देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग [&hellip;]</p>

काठमाडाैं । डिश मिडिया नेटवर्कले सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन सग्लाे समाज प्रसारण गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् ।

सो म्यागजिन डिश होमको सरोकार च्यानल ९१३०० मा राती साढे ८ बजे प्रसारण हुन्छ ।

देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसार हुन लागेको डिश मिडियाका अध्यक्ष हेमराज ढकालले बताए ।

सग्लो समाजमा आफुहरुले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिने हिमाल मिडियाका प्रकाशक तथf कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितले बताए ।

 

 

Share News