काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट क्यूआर शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
परम्परागत प्रणालीलाई स्तरोन्नती गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने आफुहरुकाे मुख्य लक्ष्य रहेको कम्पनीले जनाएकाे छ । स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुने कम्पनी बताउँछ ।
स्मार्ट क्युआरमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक कम्पनी रहेका छन् । साथै यसमा अन्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि भुक्तानी प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।