बुधबार ७४३ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ७ हजार ५१५ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ७ हजार ५१५ पुगेकाे छ ।

नेपालमा आजसम्म १८ लाख ९० हजार ४७० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९५२ जना निकाे भएसँगैं हालसम्म २ लाख ४६ हजार ६६१ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १८०३ पुगेकाे छ ।

Share News