काठमाडौं । इसेवा मनि ट्रान्सफर र स्मलवर्ल्डबीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यस सम्झाैतासँगैं अब अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवर्लड” मार्फत कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ ।
नगदमा पठाइएको रकम नेपालभर रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार एजेन्ट तथा इसेवावालेट एपमा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।
स्मलवर्ल्ड ग्राहकहरुको भरपर्दाे र विश्वासिलो भुक्तानी सेवाप्रदायक, रेमिट्यान्स् कम्पनी हो जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ । स्मलवर्ल्ड विश्वभरि २ लाख ५० हजारभन्दा धेरै एजेन्ट सञ्जाल र ८०० भन्दा बढी दक्ष जनशक्तिद्धारा वार्षिक १ करोड ५० लाखभन्दा वटा भन्दा बढि कारोबार गर्दछ ।
इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउदा सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।