काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५१४ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ७ हजार ९७६ पुगेकाे छ ।
नेपालमा आजसम्म १८ लाख ७७ हजार १८१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०७९ जना निकाे भएसँगैं हालसम्म २ लाख ४४ हजार ७४३ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १३६१ पुगेकाे छ ।